नेपालमा नयाँ बजाज डोमिनार २५० बिक्री सुरु

३ बर्ष अगाडि

काठमाडौं, नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० बिक्री सुरु गरेको छ ।

नयाँ बजाजको रोबस्ट क्लेमलाई सपोर्ट गर्न बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इञ्जिनको पावर छ । बाइकमा एकल सिलेन्डर, लिक्युड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ राखिएको छ ।

डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पीड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पीडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

चालकको आरामका लागि बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गेयरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया