दरबारमार्गको लण्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा सनराइजका ग्राहकलाई छुट

३ बर्ष अगाडि

काठमाडौं । दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा सनराइज बैंकका ग्राहकले छुट पाउने भएका छन् । 

ती दुई रेस्टुरेन्टमा ग्राहकले सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड र क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र  ती रेष्टुरेण्टबीच बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार रेस्टुरेण्टमा ग्राहकले खाना र बेबरेज, सुबिधाको भुक्तानीमा छुट पाउने उल्लेख छ । 

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया