नेपालीसहित चार भाषामा रिलिज हुदै  फिल्म ‘लप्पन छप्पन २’

३ बर्ष अगाडि

काठमाडौं- फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको छ । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।
 
उनले भने  ‘म केही दिनमा फिल्मको डबिङका लागि मुम्बई जाँदैछु । म पहिला त्यहाँ बसेर आएका कारण राम्रो चिनजान छ । नेपालमा फिल्म प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी छौं । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ र उनीहरु सकारात्मक देखिएका छन् ।’

एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया