नेपाल बैंकका २५ प्रकारका खाता , कुन खातामा कति ब्याज ?

३ बर्ष अगाडि

नेपाल बैंक लिमिटेडले ग्राहकको पैसा बचत गर्नका लागि २५ प्रकारका बचत खाता बचत सञ्चालन गरेको छ । सर्वसाधारणलाई बचत गर्ने बानीको बिकास गराउन बिभिन्न २५ प्रकारका बचत खाता संचालन गरेको हो ।

जस अनुसार १० प्रकारका खाता खोल्न न्यूनतम ५ सय देखि १० हजार सम्म ब्यालेन्स राख्नुपर्छ भने अन्य १५ प्रकारका खाता खोल्न पैसा लाग्दैन ।  
 
बैंकले आफ्ना ग्राहक हरुलाई बचतखातामा न्यूनतम २ प्रतिशत देखि ४ प्रतिशत सम्म ब्याज दिदै आएको छ ।

जसमा सामान्य खातामा २ प्रतिशत ,एनबिएल डायमन्ड खातामा ३ प्रतिशत, महिला बिशेष खातामा ३ प्रतिशत , यूवा बचत खातामा ३ प्रतिशत, सन्तती बचत खातामा ३ प्रतिशत , एनबिएल स्टाफ पेन्सन बचत खातामा ४ प्रतिशत , रेमिटयान्स बचत खातामा ३ प्रतिशत , लगानीकर्ताको बचत खातामा ३ प्रतिशत,वरिष्ठ नागरिक बचत खातामा ३ प्रतिशत, र प्रोफेशनल खातामा ३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । 

यस्तै सामाजिक सुरक्षा बचत खातामा ३ प्रतिशत, पेन्सन भुक्तान बचत खातामा ४ प्रतिशत, एनबिएल विशेष खातामा ४ प्रतिशत, भूकम्प राहात कोष खातामा ४ प्रतिशत, टियू पेन्सन बचत खातामा ४ प्रतिशत,एनबिएल स्टाफ तलब खातामा ४ प्रतिशत, तलब बचत खातामा ४ प्रतिशत, नारी सम्मान बचत खातामा ४ प्रतिशत, र नागरीक बचत खातामा ४ प्रतिशत ब्याज रहेको छ ।  

बैंकले समृद्ध नेपाल अभियान बचत खातामा ४ प्रतिशत, हरीत बचत खातामा ४ प्रतिशत, छोरी बेटी कल्याण बचत खातामा ४ प्रतिशत, छोरी सुरक्षा बचत खाता ९कर्णली०मा ४ र बालबालीबा बचत खातामा ४ प्रतिशत ब्याज दिँदै आएको छ । 

१० प्रकारका खाता खोल्न न्यूनतम ५ सय देखि १० हजार सम्म ब्यालेन्स राख्नुपर्छ । जसमा सामान्य खाता रु ५ सय , एनबिएल डायमन्ड खाता रु ५ सय, महिला बिशेष खाता रु ५ सय , वरिष्ठ नागरिक बचत खाता रु ५ सय, प्रोफेशनल खाता रु ५ सय,  एनबिएल विशेष खाता रु ५ हजार, नारी सम्मान बचत खाता रु १० हजार ,  नागरीक बचत खाता रु १ हजार, हरीत बचत खाता रु १ हजार, र छोरी बेटी कल्याण बचत खाता खोल्न ५ हजार लाग्ने छ । 

यूवा बचत खाता , सन्तती बचत खाता , एनबिएल स्टाफ पेन्सन बचत खाता , रेमिटयान्स बचत खाता , लगानीकर्ताको बचत खाता, सामाजिक सुरक्षा बचत खाता, पेन्सन भुक्तान बचत खाता, भूकम्प राहात कोष खाता, टियू पेन्सन बचत खाता,एनबिएल स्टाफ तलब खाता, तलब बचत खाता , नागरीक बचत खाता,  समृद्ध नेपाल अभियान बचत खाता, छोरी बेटी कल्याण बचत खाता र बालबालीबा बचत खाता खोल्न पैसा लाग्दैन। 

बैंकले बिदेशी मुद्रा बचत खाता ९एफसीआइ०को लागि भने छुट्टै ब्याज तोकेको छ । जसमध्ये अमेरिकी डलर (यूएसडी) बचतमा २ ५, र ग्रेट ब्रिटेन पाउड ९जीबिपी०मा शून्य दशमलव ४० प्रतिशत ब्याज दिनेछ । बैंकले युरो बचतमा भने ब्याज दिँदैन । विदेशी मुद्राको खाता खोल्दा न्यूनतम एक सय डलर, यूरो र जीबिपी राख्नुपर्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया