अब श्रम स्वीकृतिका लागि श्रमिक आफै उपस्थित हुनुपर्ने, आयो यस्तो सूचना

३ बर्ष अगाडि

अब नेपालमा विदेशी श्रमिकले श्रमस्वीकृति लिन भौतिक रुपमा नै उपस्थित हुनुपर्ने नियम आएको छ । 

आज श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै  बिहीबारबाट श्रमस्वीकृतिका लागि अन्तर्वार्ता लिन भौतिकरुपमा उपस्थित हुनुपर्ने जनाएको हो । 

उक्त सूचनामा  यसअघि कोभिड–१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थामा भौतिकरुपमा उपस्थित हुन समस्या रहेकोमा अब अवस्था सामान्यतर्फ उन्मुख रहेको भन्दै माघ १ गतेदेखि पुर्ववत रुपमा अन्तर्वार्ता लिइने बताइएको छ । 

यस अघि विभागले कोभिड–१९ संक्रमणका कारण विदेशी श्रमिक ल्याउने कम्पनीसँग टोलिफोनमा कुराकानी गरेर आवश्यक कागजातको आधारमा श्रम स्वीकृति दिँदै आएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया