चार भाषामा रिलिज हुदैँ नेपाली फिल्म ‘लप्पन छप्पन–२’

३ बर्ष अगाडि

नेपाली फिल्म ‘लप्पन छप्पन–२’ ४ भाषामा रिलिज हुने भएको छ । आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज बारे जानकारी दिएको हो ।

 मुकन्द भट्टको  निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए ।फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए ।

पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् । दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन रहेको छ

३ बर्ष अगाडि

प्रतिक्रिया