आयल निगमले शेयर धनीलाई २ अर्ब २० करोड नगद लाभांस वितरण गर्ने

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

नेपाल आयल निगमले रु दुई अर्ब २० करोड नगद लाभांस वितरण गर्ने भएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभाले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
  
निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६/७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्ने तयारी भैरहेको बताएका थिए । उनले यसका लागि प्राप्त सहयोग र हौसलाप्रति सबैमा उनले आभार व्यक्त गरेका थिए । 

निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र  राज्यमन्त्री विमला विक, सचिव डा. वैकुण्ठ अर्याल शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्न २०२७ पौष २६ गते स्थापना भएको स्थापना भएको निगम  नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको  संस्था हो । २०२७ सालमा स्थापना भए पनि विदेशी कम्पनीहरुको कारोवार वन्द गराई २०३० भाद्रदेखी मात्र नेपाल आयल निगमले अधिराज्यभर पेट्रोलियम पदार्थको कारोवारमा एकाधिकार पाएको हो । सो वेलादेखी आजसम्म निगमले एकछत्र पेट्रोलियम पदार्थको कारोवार गर्दै आई रहेको छ । 

निगममा आर्थिक वर्ष २०२९/३० मा ७० लाख ५० हजार रुपैयाँको ७० हजार ५ सय कित्ता सेयरबाट शुरु भएको निगममा ९८ दशमलव ३६ प्रतिशत नेपाल सरकार र बाँकी १ दशमलव ६४ प्रतिशत विभिन्न संस्थानहरुको रहेको छ । जसमध्ये नेशनल ट्रेडिङ (खाद्य व्यवस्था तथा व्यापार कम्पनी)को शून्य दशमलव ७८, राष्ट्रिय बीमा संस्थान को शून्य दशमलव ४७, नेपाल बैंकको शून्य दशमलव २३ र राष्ट्रिय वाणिज्य बैंकका शून्य दशमलव १६ प्रतिशत सेयर छ । आर्थिक वर्ष २०७०/०७१ सम्म घाटामा रहेको निगम त्यसपछि भने वार्षिक अरबौँका दरले नाफामा छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८