प्रधानमन्त्रीलाई भेटेर निस्केपछि सगरमाथामा भारतको दावी, गोप्य साँठगाँठ के थियो ?

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

प्रधानमन्त्रीलाई भेटेर बालुवाटारबाट निस्केपछि एक भारतीय पत्रकारले सगरमाथामा भारतको पनि दावी हुने भन्दै एक भारतीय टेलिभिजनमा सनसनीपूर्ण समाचार बनाएका छन् । 

भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सनसनीपूर्ण समाचार बनाएका हुन् । 

उक्त टेलिभिजनको टोलीलाई गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलले बालुवाटारमा न्यानो स्वागत गरेका थिए । सो च्यानलले प्रधानमन्त्री ओलीको अन्तरवार्ता समेत प्रशारण गरेको थियो । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान थालेपछि प्रधानमन्त्रीको भेटलाई रहस्यपूर्ण तरिकाले हेरिएको छ । 

स्रोतका अनुसार ‘रअ’ प्रमुख सामन्त गोयललाई नेपाल ल्याउन मध्यस्ता गर्ने टोलीले नै चौधरीलाई नेपाललाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरवार्ता गर्ने चाजोपाजे मिलाएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री भेटेपछि जी न्यूजको टोली सिम्रिक एयरको हेलिकोप्टरमार्फत सगरमाथाको आधार शिविरमै पुगेको थियो । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’

उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

उनले पछि स्टुडियोमा पुनः फर्किएर आफूले उक्त यात्रा जीवनभर भुल्न नसक्ने बताउँदै आफ्नो यो यात्राले माउन्ट एभरेष्टको सही अर्थ र महत्व बुझाउने कुरामा आफू आशावादी भएको बताएका छन् । उनले यसबारेमा छ महिनाअघि पनि रिपोर्ट बनाएका थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८