दुई सरकारी सहित ८ वटा वाणिज्य बैंकले आज बुधबार साधारण सभा गर्ने भएका छन् । नेपाल बैंक र कृषि विकास बैंक, मेघा बैंक, प्राइम कमर्सियल, सेञ्चुरी कमर्सियल, ग्लोबल आइएमइ, एनएमबि र नबिल बैंक आज साधारण सभा गर्ने भएका हुन् ।
कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने र पुसपछि गरेमा जरिवाना तिर्नु पर्ने भएकाले बैंकहरु मसान्तभित्र साधारसभा सक्न हतारिएका हुन् ।
आज साधारणसभा गर्ने मध्ये नेपाल बैंकको ६१औं वार्षिक साधारणसभा हो । उसले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ। यसबाहेक सर्वसाधारणबाट ३ जना सञ्चालक पनि चयन गर्ने बैंकले जनाएको छ ।
त्यस्तै सरकारी स्वामित्वको अर्को बै.क कृषि विकास बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश पारित गर्ने जनाएको छ ।
निजी बैंकमध्ये मेगा बैंक नेपालले आज १० औं वार्षिक साधारणसभा गर्दै छ । साधारण सभाले १० प्रतिशत बोनस सेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गर्दैछ। मर्जर तथा प्राप्तिका साथै विदेशी रणनीतिक साझेदार भित्र्याउने एजेण्डा पनि साधारणसभामा लगिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमइ बैंकको १४औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश पारित गर्दैछ। सभाले संस्थापकबाट ३ र सर्वसाधारणबाट एक जना सञ्चालक चयन गर्ने छ। मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लगिएको छ।
एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा पनि आज हुँदैछ। सभाले १३ प्रतिशत बोनस सेयर र ३ दशमलव २ प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ।
नबिल बैंकले साढे ३३ प्रतिशत बोनस सेयर पारित गर्ने छ भने १ दशमलव ७६ प्रतिशत लाभांश पनि पारित गर्ने छ। नबिलले सर्वसाधारणबाट दुई जना सञ्चालक चयन गर्ने छ। नबिलले पहिलो पटक मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लैजाँदै छ।
सेञ्चुरी कमर्सियल बैंकले पनि आज ५ दशमलव २५ प्रतिशत बोनस सेयर छ भने २ दशमलव २५ प्रतिशत नगद लाभांश सहित साढे सात प्रतिशत लाभांश पारित गर्दैछ। मर्जर तथा प्राप्तिको प्रस्ताव पनि साधारणसभामा लैजाँदै छ।
प्राइम कमर्सियल बैंकले आज हुने साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर पारित गर्दैछ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।