चुक्तापुँजी बढाउनका लागि नेपालका एक दर्जन भन्दा धेरै कम्पनी प्राथमिक सेयर आईपीओ जारी गर्ने धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
ठूला र राम्रा कम्पनीको सेयर एक सय रूपैयाँमै पाइने भएपछि आइपिओमा सर्वसाधारणको आकर्षण बढ्दै गएको बेला एक दर्जन कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेका हुन् ।
त्यसमध्ये सर्वसाधारणलाई ८ करोड कित्ता सेयर निश्कासन गर्ने गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्दैछ।
त्यस्तै सिंगटी हाइड्रोपावर इनर्जीले ४३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। दोलखा जिल्लामा १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले दुई महिनाभित्र आइपिओ निश्कासन गर्नेछ।
त्यस्तै इन्सुरेन्स कम्पनीमा लगानीकर्ताको आकर्षणका रहेको बेला ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ।
दोस्रो बजारमा लघुवित्त कम्पनीहरूको राम्रो बजार पाइरहेको बेला महिला लघुवित्त वित्तीय संस्था र मर्चेन्ट बैंक सिबिआइएल क्यापिटलले आईपीओ जारी गर्न अनुमति मागेका छन् । महिलाले ४ लाख कित्ता र सिबिआइएल क्यापिटलले तीन लाख कित्ता सेयर निश्कासनका लागि अनुमति मागेको बोर्डले जनाएको छ ।
अहिले सम्मका आईपीओ जारी गर्ने कम्पनीभन्दा फरक टिभी च्यानल प्रदायक कम्पनी डिस मिडिया नेटवर्कले पनि २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन दिएको छ।
त्यस्तै जलविद्युत उत्पादक मध्य भोटेकोसी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर,ग्रिनलाइफ हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, मैलुङ खोला जलविद्युत कम्पनी र रूरू जलविद्युत आयोजनाले पनि प्राथमिक सेयर जारी गर्न अनुमति मागेका छन् ।
आवेदन दिएका मध्ये मध्य भोटेकोसीले एक करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता, ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता, विन्ध्यबासिनी हाइड्रोपावरले २५ लाख कित्ता, हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता, तेह्रथुम पावरले १२ लाख कित्ता, सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।
त्यसैगरी मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता, र रूरू जलविद्युत आयोजनाले ८ लाख १५ हजार ४११ कित्ता सेयर निश्कासन गर्न स्वीकृति मागेको बोर्डले जनाएको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।