सय जनाले विधान संसाेधन गर्नु ओलीकाे 'विक्षिप्त मानसिकताको उपज' : प्रचण्ड

बुधबार, २९ पुस २०७७, १५ : २०

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विधान मिचेर केन्द्रीय सदस्य थप्नु विछिप्त मानसिकताको उपज भएको बताएका छन् ।  

नेकपा (ओली समूह) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले दुई तिहाई बहुमतले मात्रै पार्टी विधान संसोधन गर्न पाउने भएपनि एक सय भन्दा थोरै केन्द्रीय सदस्य भेला भएर विधान संसोधन गर्ने र ११ सय जना केन्द्रीय सदस्य बनाउने काम विछिप्त मानसिकताको उपज भएको बताएका हुन् । 

‘पार्टी विधान संसोधन गर्न ३ सय जना चाहिन्छ ।

उहाँहरु एक सय जना पनि उपस्थित हुनुहुन्थेन तर उहाँले विधान सम्सोधन गरिदिनुभयो’, उनले भने, ‘अनि उहाँले ११ सय जना सदस्यको केन्द्रीय समिति पु¥याएर निर्वाचन आयोगमा बुझाउनुभयो, यो विछिप्त मानसिकताको उपज हो ।’ 
 

बुधबार, २९ पुस २०७७, १५ : २०

प्रतिक्रिया