आज नेपाल स्टक एक्स्चेन्ज नेप्से २२८६.५५ को विन्दुमा पुगेको छ ।
नेप्से १८.८१ अंकले बढे पछि परिसूचक उक्त स्थानमा पुगेको हो ।
आज कारोबारका लागि आएका १४ उप समूह मध्य बैंक र होटल बाहेकका सबै उप समूह उकालो लागेका छन् ।
त्यस्तै, आज कारोबारमा आएका २०७ कम्पनी मध्य १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज नेप्सेमा २०७ कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै नेपाल टेलिकमको १२ सय ६३ रुपैयाँका दरले २६ करोड बराबरको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १५ सय ५१ रुपैयाँका दरले २० करोड बराबरको कारोबार भएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।