नेप्सेले नयाँ रेकर्ड बनाएको दिन, १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

आज नेपाल स्टक एकस्चेन्ज नेप्से हाल सम्म कै उच्च विन्दुमा पुगेको छ । 

आज नेप्से २८।३१ अंकले बढेर २२६७।७३ को विन्दुमा पुगेको थियो । 

तर, कारोबारको समय नेप्सेमा उतरचढाप आइरहँदा आज परिसूचक  १८.८१ अंकले बढेर २२८६.५४ विन्दुमा बन्द भएको हो । 

आज कारोबारका आएका २०७ कम्पनी मध्य १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । 

आज कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर शेयरमूलय ३ सय ४१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, नारायणी डेभलपमेण्टको ९ दशमलव ८९ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ८८ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७२ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ९ दशमलव ५३ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ५२ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको ९ दशमलव २१ प्रतिशतले बढेको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८