नेपाली बैंकमा १४ खर्ब ७४ अर्ब विदेशी मुद्रा संचिती, ५ दशमलव २ प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

नेपालमा पछिल्लो पाँच महिनाको अबधिमा विदेशी मुद्रा संचिती बढेको छ । 

कोरोनाका कारण नेपालले गर्ने आयातमा गिरावट आएसँगै विदेशी मुद्रा संचिती बढ्दै गएको तथ्याङ्कले नेपाल राष्ट्रबैंकले जनाएको हो । 

२०७७ असार मसान्तमा कुल विदेशी मुद्रा संचिती १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म आईपुग्दा ५ दशमलव २ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ९८ अर्ब ७२ करोड रुपैयाँ छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया