आईपीओ जारी गर्न लागेको इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।
प्रतिस्पर्धा गरेका ४ जनालाई पछाडी पार्दै खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराईलगायतले प्रतिस्पर्धा गरेकोमा खतिवडालाई सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो ।
पेसाले चार्टर्ड एकाउन्टेन्ट खतिवडासँग एचआइडीसीएलको वित्त विभाग प्रमुख, एनआइबीएल एस क्यापिटल, विद्युत नियमन आयोगका सदस्य , लगानी बोर्डको परामर्शदाता भएर काम गरेको अनुभव छ।
बैंकको यसअघिका प्रमुख कार्यकारी अनिल ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि सो पद खाली थियो ।
बैंकले माघ २ देखि ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न तयारी गरिरहेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकिएको छ।
बैंकले निष्कासन गर्न लागेको आईपीओ हालसम्मकै ठूलो आईपीओ हो ।
यस्तो छ बैंको वित्तिय अवस्था
आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा २६ दशमलव ४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ९६ करोड १२ लाख रुपैयाँमा सीमित थियो।
यस अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानीबापत आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो।
बैंकले समीक्षा अवधिसम्म २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकले रिजर्भको आकार १०६।९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। अघिल्लो वर्ष बैंकको रिजर्भ ७८ करोड ९८ लाख रुपैयाँको थियो।
बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० ७।०६ रुपैयाँ रहेको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।