बलिउडका चकलेटी अभिनेताका रुपमा चिनिन्छन् बरुण धवन । यतिबेला बरुण विवाहको तयारीमा व्यस्त रहेको समाचार बाहिरीएको छ । बरुणले यहि महिना आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट हुने भारतीय संचारमाध्यले जनाएको छ ।
स्रोतका अनुसार वरुणले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । यसअघि करिना कपूरले आफ्नो रेडियो शो ‘व्हाट वुमेन वान्ट’ मा नताशा दलालाई वरुणको मंगेतर भनेर सम्बोधन गरेकी थिइन् ।
लामो समयदेखी प्रेम सम्बन्धमा रहेकाले फेशन डिजाइनर नताशा र बरुणको विवाहको प्राय चर्चा भइ नै रहेको थियो ।रेडियो कार्यक्रममा वरुणले आफ्नो प्रेमकथाबारे पनि बोलेका थिए । ‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें ।’
तर विवाहको मिती भने अझै तोकीएको छैन ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।