घट्यो सुनको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ महिनाको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ भने तेजावी ९१ हजार १ सय रुपैयाँ रहेको छ । 

त्यस्तै चाँदी तोलाको १ हजार २४५ रुपैयाँ तोसकएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया