आजबाट अन्तर बैंक एटीएम कारोबारमा शुल्क लागु

३ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार बैंकहरुले माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने भए हुन् ।

कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः लाग्ने व्यवस्था गरेको छ ।

एक बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरैमा प्रति कारोबार २० रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया