एक दिनमै साढे रु ५ करोडको सामान बेच्छ भाटभटेनी, डेढ लाख थरीका सामान उपलब्ध

३ बर्ष अगाडि

कुनै पनि सामान किन्नुप¥यो भने सुपरमार्केट वा मल जाने भनेर धेरैको मुखबाट सुनिन्छ । त्यसमा पनि धेरैको पहुँच भाटभटेनी सुपरमार्केटमा छ । 

किनकी भाटभटेनीकाे देशभर १७ स्थानमा  व्यापारिक कम्प्लेक्स छन् ।  त्यसैले फेन्सी, भाँडावर्तन, विद्युतीय सामग्री देखि लिएर खाद्यान्न र तरकारी किन्न सम्म भाटभटेनी जाने धेरै छन् । यसरी दिनमा हजारौँको भिड लाग्ने भाटभटेनीले दैनिक साढे रु ५ करोड भन्दा धेरैको सामान बिक्री गर्ने गरेको तथ्यांक फेला परेको छ ।  

भाटभटेनीले सरकारी निकायमा बुझाएको कागजात अनुसार आफूलाई नेपालको सबैभन्दा ठूलो खुद्रा तथा होलसेल सप्लायर्स दावी गर्ने भाटभटेनी सुपरमार्केटले एकैदिनमा ५ करोड ५० लाख रुपैयाँको सामान बिक्री गर्ने गरेको छ । 

सुपरमार्केटमा एक लाख ५० हजार थरिका सामानहरु रहेको उसको दावी छ । ति सामानहरु स्थानीय (नेपालभित्र) तथा अन्तराष्ट्रिय (देश बाहिर) का सप्लायर्सबाट खरिद गर्ने गरको छ ।  खुद्रा तर्फ सरकारलाई सबैभन्दा ठूलो करदाता भाटभटेनीले सरकारलाई सबैभन्दा धेरे राजश्व सरकारलाई तिर्ने गरेको छ । 

मीन बहादुर गुरुङ्ग तथा सावित्री गुरुङ्गमात्र सञ्चालक रहेको भाटभटेनी भाटभटेनी सुपरमार्केट, २०५० साल भाद्र १ गते स्थापना भएको हो । सुपरमार्केट शुरु गर्नु भन्दा पाँच बर्ष पहिल्यैदेखि मीन बहादुरकी धर्मपत्नी सावित्रीले  भाटभटेनीमा नै दुईबटा पसल भाडामा लिई खुद्रा पसल कोल्डस्टोर सञ्चालन गदै आएकी थिईन्। 

२०३२ साल देखि नेपाल बैंकमा जागिरे मीन बहादुरले पत्नीले शुरुगरेको पसलमा विहान, बेलुकी र विदाको समयमा सहयोग सहयोग गर्थे । 

ब्यापारको त्यही अनुभवले जागिर गरेर मात्र जीवन निर्वाह बाहेक  केही गर्न हुँदैन भन्ने बुझेर २०५० सालमा नेपाल बैंकको अधिकृत पञ्चम (सहायक प्रबन्धक) पदबाट राजीनामा गरेर उनी जागीर छाडेर व्यापार व्यावसायमा लागेका हुन् ।  

काठमाण्डौको नक्सालस्थित भाटभटेनी मन्दीरको दक्षिण पूर्वमा २६ वर्षअघि शुरु भएको  भाटभटेनीमा मात्र ११ रोपनी क्षेत्रफलमा फैलिएको डिपार्टमेन्ट स्टोर अहलिे देशभर फैसलएको छ भने काठमाडौंको महाराजगञ्ज, कोटेश्वर, बालाजु, कलंकी, त्रिपुरेश्वर, बौद्ध, अनामनगर, ललितपुरको पाटन, सातदोवाटो, भक्तपुरको ठिमी, पोखरा, चितवन, धरान, नेपालगञ्ज, विराटनगर, बुटवल, भैरहवा लगायतका स्थानमा यसका व्यापारिक कम्प्लेक्स छन् ।   

३ बर्ष अगाडि

प्रतिक्रिया