जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

३ बर्ष अगाडि

बर्लिन ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ ।    
    
पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ ।    
    
“कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने ।    
    
महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ ।   

३ बर्ष अगाडि

प्रतिक्रिया