प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको हो।
आर्मीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी, ४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।
गण्डकीका समिर कँडेलले अर्धशतक हाने।९० बलको सामना गरेका कडेलले ५ चौका मद्दतमा अर्धशतक हानेका हुन्।
अर्जुन कुमालले ३६ रनको योगदान दिए। दिपक डुम्रे २६, विष्णु पाण्डे १२ रनमा पवेलियन फर्के। गण्डकीका कप्तान विपिन खत्री ३७ रनमा नटआउट रहे।
आर्मीका भीम सार्कीले ३, राजेश पुलामीले ५ विकेट लिए। आकाश चन्द र रोहित पौडेलले एक एक विकेट झारे।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रनको योगफल तयार पारेको थियो।
करिअरकै पहलिो शतक हानेका कप्तान विनोद भण्डारीको आक्रामक ब्याटिङ गरेपछि आर्मी बलियो योगफल तयार पार्न सफल भएको हो। कप्तान भण्डारीले लोकेश बमसँग मिलेर १ सय ३ रनको साझेदारी गरेका थिए।
७६ बलको सामना गरेका कप्तान भण्डारीले ९ चौका र ५ छक्का मद्दतमा १ सय ११ रनमा नटआउट रहे। बम ४२ रनमा आउट भए।त्यसअघि ओपनर हरिकृष्णा झा र राजु रिसालले १८ दशमलव ४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। ४८ बलको सामना गरेका झा ले १ चौका मद्दतमा १४ रन जोड्दा पवेलियन फर्के। ७१ बलको सामना गरेमा रिजालले ४५ रनको योगदान दिए। रोहित पौडेल १०, भीम सार्की १५ रनमा आउट भए।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।