प्रधानमन्त्री कप क्रिकेट डिशहोममा लाइभ हेर्न पाइने

३ बर्ष अगाडि

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडियाबीच समझदारी भएसगैँ अब प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगीताको डिशहोमले लाइभ गर्ने भएको छ ।

उक्त खेल हिजोबाट काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा शुरु भएको हो ।

उक्त खेलमा तीन विभागीय टोली र ७ प्रादेशीक टोलि गरी १० टिमको सहभागीता छ । 

समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेश छन् ।

पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया