कंगनालाई किन लाग्यो चोरीको आरोप ?

३ बर्ष अगाडि

काठमाडौं- बलिउड अभिनत्री कंगना रनौतको विवादसँग पुरानो नाता छ ।  पछिल्ला दिनमा उनी कुनै न कुनै कारणले मानिसहरुको निशानामा आइरहन्छिन् । 

हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन् । उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजेन्ड अफ दिद्दा’ हुनेछ । तर कंगनामा अब फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् ।

आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’

आशिष कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ । उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् । 

लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ । मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया