चितवनमा दुई करोडको आकाशे पुल

३ बर्ष अगाडि

 चितवनमा पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् । 

राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको र नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले बताए। नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जानकारी दिए । 

नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२।३ मिटर लम्बाई, ५।३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उनका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो । 

पुल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ । विसं २०७६ फागुन २ गते असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि समय थप गरिएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया