३८४४ को पिसिआर परीक्षण गर्दा २४० मा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ। 

भने थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ । हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। 

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया