'इन्टरनेशनल फिल्म फेस्टिभल' आजबाट सुरु,

३ बर्ष अगाडि

एजेन्सी- प्रसिद्ध 'इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया' (आइएफएफआइ) को ५१ औं संस्‍करण सुरु भएको छ। जनवरी २४ सम्म हने उक्त फेस्टिभल आजबाटगोवामा सुरु भएको हो । 

आइएफएफआइमा विश्वभरका फिल्म एवं फिल्मकर्मी सहभागी हुने गरेका छन्। यसलाई सूचना तथा प्रसारण मन्त्रालयको समन्वयमा गोवा सरकार र डिरेक्टोरेट अफ फिल्म फेस्टिभल्सले आयोजना गर्दै आएका छन्। 

सन् २००४ देखि यस फेस्टिभल गोवामै हुँदै आएको थियो। यस पटक भने महामारीका कारण केही कार्यक्रम भर्चुअल र केही भौतिक उपस्थितिबीच भइरहेको छ।

हरेक वर्ष नोभेम्बर २० देखि २८ सम्म हुँदै आएको फेस्टिभल सन् २०२० मा कोरोनाका कारण स्थगित भएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया