एक दिनमै १० हजार बढी नागरिक एप डाउनलोड

३ बर्ष अगाडि

काठमाडौं- गूगल प्ले स्टोरबाट सार्वजनिक भएको एक दिनमै १० हजार भन्दा बढी  नागरिक एप डाउनलोड भएको छ । नागरिकलाई सरकारी सेवाहरु हातहातमा पुर्‍याउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।

सरकारले शुक्रबार मात्रै परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो। परीक्षणको चरणमा एपमा ९ ओटा सरकारी सेवा छनौट गरिएको छ । 
 
विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँने छ ।  कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया