चिलिमेको नगद लाभांश बैंक खातामा

३ बर्ष अगाडि

काठमाडौं –  चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पनि नगद लाभांश शेयरधनीको बैंक खातामा आएको छ । गत आवको नगद लाभांश साधारण सभाबाट पारित भएसँगै कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिददिएको हो । 
गत पुस १२ गते सम्पन्न साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । त्यसपछि कम्पनीले नगद लाभाश शेयरधनीको खातामा जम्मा गरिदिएको हो । 
गत पुस १६ गतेदेखि नै बैंक खातामा नगद लाभांश जम्मा गर्न लागेको कम्पनीको भनाइ छ । 

यस्तै, हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका र अब गराउने शेयरधनीहरुलाई पनि लाभांश जम्मा गरिदिने कम्पनीले बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया