सोलारबाट बिजुली निकाल्ने भन्दै ४ कम्पनीले दिए सर्वेक्षणको आवेदन, कुन आयोजनाको क्षमता कति ?

३ बर्ष अगाडि

काठमाडौं – सौर्य (सोलार) बाट विद्युत उत्पादन गर्ने भन्दै ४ कम्पनीले सर्वेक्षणका लागि विद्युत विकास बिभागमा अनुमति पत्र माग गरेका छन् । कुल १२७.७ मेगावाटका ४ आयोजना निर्माण गर्ने गरि ४ प्रवद्र्धक कम्पनीले आवेदन दिएका हुन् ।

उक्त ४ कम्पनीले गत पुसमा नै बिभागमा आवेदन दिएका हुन् । तराई सोलार प्रालिले पर्सामा ७.७ मेगावाट विद्युत उत्पादन गर्ने गरि आवेदन दिएको छ । उक्त कम्पनीले सो क्षमता बराबरको तराई सोलार पिभी प्रोजेक्ट बनाउने बताएको छ ।

यस्तै, मिथिला इनर्जी कम्पनीले महोत्तरीमा भंगहा सोला प्रोजेक्ट बनाउने गरि आवेदन दिएको छ । उक्त आयोजनाको क्षमता १०० मेगावाट रहेको छ । 
यसैगरि श्रीयान्शी उर्जा प्रालिले मोरङमा बेलबारी सोलार आयोजना बनाउने गरि आवेदन दिएको छ । उक्त प्राजेक्टको क्षमता १० मेगावाट रहेको छ । 

यस्तै, सनलाइट इनर्जी कम्पनीले उदयपुरमा १० मेगावाटको आयोजना बनाउने गरि आवेदन दिएको छ । उक्त आयोजनाको नाम उदयपुर सोलार प्रोजेक्ट रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया