काठमाडौं-चालु आर्थिक वर्षमा ४ वटा कम्पनीले ५ वटा जलविद्युत आयोजनाको सर्वेक्षण गर्ने अनुमति पाएको छ । विद्युत विकास विभागको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागको तथ्याङ्क अनुसार सिता हाइड्रोपावर कम्पनीले मिति २०७७ भदौ १५ गते ६५ मेगावाट क्षमताको दूध खोला हाइड्रोपावरको सर्वेक्षण गर्ने अनुमति पाएको छ । यो आयोजना दुध खोलामा बन्ने छ ।
त्यस्तै प्रकाश सोलुसन कम्पनीले मंसिर १७ गते ५ मेगावाट क्षमता भएको सुपर पालुङ हाइड्रोपावरको सर्वेक्षण गर्ने अनुमति पाएको छ । यो हाइड्रोपावर ताप्लेजुङको पापुङ स्थित पापुङ खोलामा बन्ने छ ।
उज्यालो इनर्जी सोलुसनले दुई वटा आयोजनाको सर्वेक्षणको गर्ने अनुमति पाएको छ । यस कम्पनीले ५ मेगावाट क्षमता भएको लोवेर मर्स्याङदी हाइड्रोपावर र ४ दशमलब ९ प्रतिशत क्षमता भएको मेदोक चेजे हाइड्रो पावरको सर्वेक्षण गर्ने अनुमति पाएको हो ।
लोवेर मर्स्याङदी हाइड्रोपावर तनहुँको अम्बुखैरेनीको मर्स्याङदी खोलामा बन्ने छ भने, मेदोक चेजे हाइड्रोपावर सङ्खुवासभाको चेपुवा स्थित मेदोक सेजे खोलामा बन्ने छ ।
त्यस्तै नेपाल इलेक्सीटी अथोरिटी कम्पनीले १०० मेगावाट क्षमता भएको कुलेखानी सिस्नेरी पम्पेड स्टोरेज हाइड्रोपावरको सर्वेक्षण गर्ने अनुमति पाएको छ । यो आयोजना मकवानपुरको कुलेखानीमा बन्ने विद्युत विकास विभागले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।