आज तीन कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं- आज एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले पुस १९ गतेदेखि आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० र युनाईटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

जसमा आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य रू.४८५, ग्रामीण विकास लघुवित्तको रू.२६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको रू.२४१ तोकिएको छ । 

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रिय कार्यालयबाट आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया