४१ औं जन्मदिनमा निश्चलले गरे नयाँ फिल्मको घोषणा

३ बर्ष अगाडि

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जानीमानी नाम हो निश्चल बस्नेत । निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले आज आफ्नो ४१ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसर पारेर  निश्चलले नयाँ फिल्मको घोषणा गरेका छन् । 

शनिबार राती आफ्नो फेसबुकमा स्टेटस लेख्दै नयाँ फिल्मको जानकारी दिएका हुन् । उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना दिदै लेखेका छन्  । ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना । यो बर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।"

निश्चलका निर्देशनमा बनेका चलचित्र शर्वाधिक सफल हुदै आएका छन् । लूट, टलकजंग भर्सेस टुल्के , लुट–२, निश्चलका सफल निर्देशित चलचित्र हुन् भने कबड्डी, दुई रुपँैया, प्रशाद सफल अभिनित चलचित्र रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया