कोरोना संक्रमण भन्दा भ्याक्सिन खतरनाक, २९ जनाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं- नर्वेमा कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। नर्वेमा नयाँ वर्षको ४ दिन पहिले फाइजरको कोरोना भाइरस भ्याक्सिन लगाउन शुरु गरिएको हो। 

२७ डिसेम्बर २०२० मा कोभिडको भ्याक्सिनेशन शुरु भएपछि देशभर २५ हजारभन्दा बढि मानिसहरुमा भ्याक्सिन लगाइएको छ। नर्वे सरकारका अनुसार मृत्यु भएको मानिसहरुले भ्याक्सिनको पहिलो डोज लिएका थिए । त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थियो।

मृत्यु भएका २९ जनामध्ये १३ जनाको भ्याक्सिनबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ । भने बाँकीको मृत्यु बारे अनुसन्धान भइरहेको बताइएको छ। मृत्यु हुने सबैको उमेर ८० वर्ष माथि रहेको पनि बताइएको ।

नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार, फाइजर र बायोएनटेकद्वारा बनाइएको कोभिड–१९ भ्याक्सिन नर्वेमा उपलब्ध एक मात्र भ्याक्सिन हो र सबै मृत्युलाई यसका साथ जोडेर हेरिरहेको छ।

फाइजरको भ्याक्सिनमाथि प्रश्न उठेपछि कम्पनीले बायोएनटेक र एनआईपीएचका साथ मृत्युको जाँच गरिरहेको बताएको छ।

भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रियो
यस्तै भारतमा पनि कोरोना भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ । भने एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

भारतमा शनिबारदेखि कोरोना भ्याक्सिन दिन शुरु गरिएको हो। पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना भ्याक्सिन दिइएको थियो। 

तीमध्ये दुईजना स्वास्थ्यकर्मीलाई भने भ्याक्सिन लगाएको केही घण्टामै समस्या देखिएको बताइएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया