३५०८ को परिक्षण गर्दा २६६ मा कोरोना पुष्टि, संक्रिय संक्रमित कति ?

३ बर्ष अगाडि

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको हो । त्यस्तै पछिल्लो समय थप ४०० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । 

अहिले देशभर ३ हजार ९१९ सक्रिय सङ्क्रमित छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया