भारतमा एकैदिन एक लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप, धेरैलाई देखियो साइडइफेक्ट

३ बर्ष अगाडि

भारतमा एकै दिन एक लाख भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार  १ लाख ९१ हजारले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् ।  

कोरोना खोप कार्यक्रमको पहिलो दिन तीन हजार ३५१ सेसनमा खोप सञ्चालन गरिएको थियो । जसमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन दुवै खोपको प्रयोग गरिएको थियो ।

खोप लगाएपछि साइडइफेक्ट देखिए पनि कसैलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था नआएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । भारतको दिल्लीमा कोरोना खोप लगाएपछि केही मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो । साइडइफेक्ट देखिएका मानिसहरुलाई निगरानीमा राखिएको मन्त्रालयले बताएको छ । 

पहिलो चरणमा सरसफाइकर्मी, डाक्टर र नर्सहरुलाई कोरोना खोप दिइएको छ । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएका कारण उनीहरुलाई प्राथमिकतामा राखिएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया