स्पेनिस सुपर कप : फाईनलमा बार्सिलोना र एथ्लेटिक भिड्दै , कस्ले मार्ला बाजी ?

३ बर्ष अगाडि

एजेन्सी । बार्सिलोना र एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कपको उपाधिका लागि भिड्दै छन् । बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेता पनी कप्तान लियोनेल मेस्सीले आजको खेल खेल्ने सम्भावना न्युन छ  ।

चोटका कारण मेस्सी प्रशिक्षणमा थिएनन् । बार्सिलोनाको टोलीमा  एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेने छन् भने एथ्लेटिक बिल्वाओ टोलीसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया,ओस्कार डि मार्कोस, इनिगो मार्टिनेज, युनाइ नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेका छन् ।

खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया