रु २० मा पाइने नुनलाई प्याकेजिङ्ग गरेर प्रतिकिलो ३५० मा बेचेर कालोबजारी गर्ने उद्योगी मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाककार नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को पुस २९ मा बसेको बैठकले उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
पछिल्लो पटक मन्त्रीपरिषद पुनर्गठन हुनुअघिसम्म उद्योग वाणीज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड अवैतनिक आर्थिक सल्लाहकारका रुपमा नियुक्त भएका हुन् ।
दुगड स्पाइसेज प्रालीका सञ्चालक समेत रहेका उनले शक्तिको दुरुपयोग गर्दै अनुमती वेगर सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ्ग गरी बिक्री गरेको उजुरी प्रधानमन्त्रीकहाँ परेको थियो ।
जनस्वास्थ्यसँग सरोकार राख्ने अति महत्वको दैनिक उपभोग्य वस्तु नुनको अवैध कारोबारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै सरकारले २०२० साल देखी साल्ट ट्रेडिङ वाहेक अन्यले नुनको आयात, भण्डारण तथा बिक्रि बितरण गराउने गर्न अरुलाई अनुमति दिएको छैन । त्यसैले सरकारले साल्ट ट्रेडिङ वाहेक अरु कम्पनीलाई नुन ल्याई बिक्री गर्न रोक लगाएको छ ।
तर त्यसको विपरीत मन्त्री दुगडको उद्योगले दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले पहुँचको दुरुपयोग गर्दै अबैध रुपमा प्याकेजिङ्ग गरेर बिक्री गरिरहेको छ ।
बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रति किलो २० रुपैयांमा पाईरहेको अवस्थामा प्याकेजिंग मात्र गरेका मन्त्री दुगडले प्रति १०० ग्रामको ३५ रुपैयां मूल्य निर्धारण गरेका छन् । सो हिसावले उनले बेचेको नूनको मूल्य प्रतिकिलो ३५० पर्दछ ।
राष्ट्रिय उपभोक्ता मंचले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त अबैध कार्य र कालोबजारी गर्ने मन्त्री र उद्योगलाई कारबाहीको माग गर्दै उजुरी गरेको थियो ।
नून उत्पादनको लागी अनिवार्य रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञा पत्र लिइनु पर्ने भएपनि मन्त्री दुगडको कम्पनीले अनुज्ञापत्र समेत लिएको छैन ।
कानून अनुसार त्यसरी चर्को मूल्यमा बिक्री गर्नु कालोबजारी भएको राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।