कोरोना कहरले छोएन कामना सेवा विकास बैंकलाई, नाफामा भारी बृद्धि

३ बर्ष अगाडि

काठमाडौं – कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा रु. ३९ करोड ४७ हजार खुद नाफा कमाएको छ ।  बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा बैंकले रु. १४ करोड ८५ लाख १९ हजार खुद नाफा कमाएको थियो । त्यो अनुसार बैंकको नाफा समिक्षा अवधीमा ह्वात्तै बढेको देखिन्छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा मात्र रु. १८ करोड ९९ लाख खुद नाफा कमाएको छ । 
यस्तै, समिक्षा अवधीसम्ममा बैंकले रु. ३८ अर्ब १८ करोड ४१ लाख निक्षेप संकलन गरेको छ । बैंकको कर्जा प्रवाह भने रु. ३१ अर्ब २० करोड २८ लाख रहेको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. १ अर्ब ९२ करोड १६ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकले आफ्नो जगेडामा रु. ४९ करोड ५३ लाख १८ हजार राखेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी ३०.७१ प्रतिशत रहेको छ । यस्तै, पीई रेसियो ७.९८, प्रतिशेयर नेटवर्थ १३०.०९, तरलता अनुपात २४.०५ प्रतिशत रहेको छ । 
समग्रमा कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म व्यवसायीक गतिविधि राम्रो गरेको देखिएको छ । कोरोनाको कहरका बेला अधिकांश बैंकको व्यावसायीक गतिविधि नमज्जाले प्रभावित भएको छ । तर, कामना सेवाको नाफा, प्रतिशेयर आम्दानी, निक्षेप संकलन बढेको देखिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया