एसबीआई बैंकको नगद लाभांश आजदेखि बैंक खातामा आउने

३ बर्ष अगाडि

काठमाडौं – नेपाल एसबीआई बैंकले गत आवको मुनाफाबाट दिने भनेको नगद लाभांश आजदेखि शेयरधनीको बैंक खातामा जम्मा हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । 
आजदेखि कनेक्ट आईपीएस मार्फत शेयरधनीको बैंक खातामा पैसा जम्मा गरिने बैंकको भनाइ छ । बैंकले गत आवको नाफाबाट  ३.४७ प्रतिशत नगद लाभांश दिने छ । यो प्रस्ताव गत पुस २८ गते साधारण सभाबाट पनि पारित भइसकेको छ । त्यसपछि बैंकले लाभांश वितरण गर्न लागेको हो । 
हाल डिम्याट खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीले मात्र लाभांश पाउने छन् । बैंक खाता अध्यावधिक गरेका शेयरधनीले पनि तत्काल अध्यावधिक गर्नुपर्ने बैंकको भनाइ छ । त्यसपछि उनीहरुको लाभांश पनि बैंक खातामा पठाइदिने बैंकको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया