एनसेलले ल्यायो ‘बिजप्लस’प्लान

३ बर्ष अगाडि

काठमाडौं- एनसेलले उद्यमीहरूका लागि बिजप्लस प्लान ल्याएको छ । साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरूलाई आवश्यकताअनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको हो । 
 
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायीले विभिन्न चुनौतीहरूको सामना गर्नु परिहेको छ । यसै अवस्था बीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।
 
आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवाप्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । 

भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरू समावेश गरिएको यो प्लानहरुले उद्यमी, व्यवसायीहरूलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरूको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ । 
 
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसायी, ठूला उद्योग र सरकारी कार्यालयहरूलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरूले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लानलिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् । 
 
साथै यस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएप अर्थात परिवार तथा साथी भाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरू पाउँछन् । 

यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरू, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमानिःशुल्ककलतथाएसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरूको फाइदा लिन सकिने एनसेलले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया