प्रहरी कमाण्डमा कमजोर दाङका एसपि, जसले अदालतले कैद तोकेका अभियुक्तलाई दबाबमा छाडे

३ बर्ष अगाडि

काठमाडौं – मानव बेचबिखन मुद्दामा अदालतले दोषि ठहर गर्दै २ बर्ष कैद सुनाइएका एक जना फरार अपराधीलाई प्रहरिले पक्राउ गर्यो। जिल्ला प्रहरि कार्यालय दाङका एसपि गणेश चन्दको निर्देशनमा प्रहरिको घुमुवा प्रहरि टोलिले खोजतलास गर्दै पत्रकार समेत रहेका  मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङको घोराहीबाट टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लियो । आफ्नै प्रहरिको घुमुवा टोलिले पक्राउ गरेको २४ घण्टा नबित्दै उनै एसपि चन्दले अदालतले कैद र बिगो भराउने फैसला गरेर दोषि ठहर गरेका जिसिलाइ छोड्न निर्देशन दिए । पक्राउ परेका अभियुक्त जिसि हाजिरी जमानतमा छुटे । छुटेका जिसिलाइ एसपि चन्दले जिल्लाको फैसलामा चित्त नबुझे अदालतमा पुनराबेदन गर्न भन्दै सत्तारुढ पार्टी नेकपाको दबाबमा छोडेको जिल्ला प्रहरि कार्यालय दाङका एक जना अधिकारिले जानकारी दिए ।

No description available.

सानालार्इ ऐन ठुलालाइ चैन भन्ने कुरा दाङ प्रहरिमा देखिएको प्रहरि अधिकारीहरु बताउन थालेका छन । मानब बेचबिखन जस्तो गम्भिर प्रकारको अपराधमा संलग्नलाई पक्राउ परेको २४ घण्टामै छोड्न एसपिले आफै सकृयता देखाउनु राम्रो कुरा नभएको र यो कामले दाङ प्रहरिको नराम्रो छबि रहेको शन्देश प्रकट भएको सुरक्षा अधिकारिले बताए । पछिल्लो पटक एसपि चन्द आफै सडकमा आएर मास्क नलगाएको भनेर जरिवाना र हिरासतमा लगेर थुन्ने गरेका छन । 

No description available.

त्यतिमात्रै होइन, मोटरसाइकिलको लाइसेन्स र ब्लु बुक नभएको भनेर एसपि आफै सडकमा आएर हप्काउने र जरिवाना गर्ने गर्दछन भने उस्तै परे आफै लाइसेन्स नभएकै निहुमा सर्बसाधारणलाई दुख दिने नियतले थुन्ने समेत गरेका छन । साना–साना कुरामा दुख दिएर सर्बसाधारणलाई सताउने एसपि चन्द आफै नै मानब तस्करमा दोषि भइ कैद र बिगो सजाए तोकिएकै जिसिलाइ आफै पक्राउ गर्न निर्देशन दिएर फेरि २४ घण्टा नबित्दै छोड्न निर्देशन दिएर प्रहरि कमाण्डमा आफ्नो कमजोर क्षमता प्रदर्शन गरेका छन । 
लामोसमय ट्राफिक इन्चार्ज भएर बसेका चन्द जिल्ला इन्चार्ज पहिलोपटक पाएका हुन । तर, कार्य क्षमतामा कमजोर हुदा उनि ढुङ्गा गिट्टि, बालुवाको बिबादमा पनि पटक पटक तानिदै आएका छन ।  मानब बेचबिखन मुद्धामा हिजोमात्रै बिहान घोराही १४ मिलनचोकस्थित घरैबाट जिसिलाइ पक्राउ परेको एसपि चन्द आफैले प्रेसलाइ जानकारी दिए । एसपि चन्द युटर्न भइ अभियुक्तलाई आफै निर्देशन दिएर छाडेपछि उनको आलोचना भएको छ ।   

अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि मानब बेच बिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।

पुष १९ गतेको अदालतको फैसलापछि जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  जिशीलाई  प्रहरीले कारागार नपठाइ प्रहरि कार्यालयबाट नै हाजिरी जमानत यसरि छाडेपछि जिल्लास्तरमा सर्बत्र चासो र चिन्ता ब्यक्त हुन थालेको छ  ।

जिशी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् । उनिसंगैका अर्का एक बर्ष कैद तोकिएका तुलसिपुर घर भइ हाल काठमाडौं बस्ने मुकुन्द जिसिलाई पक्राउ गर्न प्रहरि परिचालन गरिएको छ । मानब बेच बिखबखन मुद्धामा लुम्बिनि प्रदेश सभा सदस्य बिमला वलि अदालतले बिगो भराउने फैसला पनि सुनाइसकेको छ । 
पिडित  बस्नेतले मानब बेचबिखन ब्युरो काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्धा दिएका थिए । उक्त मुद्धामा फैसला सुनाउदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।  नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति तत्कालीन लुम्बिनि प्रदेसका प्रदेस सभा सदस्य उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ। उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती लुम्बिनि प्रदेस सभाकि प्रदेस सभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नु पर्ने फैसला अदालतले गरेको हो।

अर्का अभियुक्त घोराही १४ मिलनचोक निबासि टोपबहादुर जीसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसिपुर निबासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरिसकेको छ।

No description available.

उनीहरु तीन जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको थियो। पिडित बस्नेतलाई अबैधरुपमा अमेरिका पठाउन इक्वेडर, कोलम्बिया हुँदै पनामा लगियो। पनामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पुर्‍याए। होन्डुरस हुँदै ग्वाटेमाला लगेपछि उनलाई फेरि अलपत्र पारियो।

दाङका नरेन्द्र बस्नेतले अमेरिका पुगेर पैसा कमाउने र ग्रिनकार्ड पनि लिने आशामा दलाललाई पैसा खुवाए। तर, अमेरिका टेकेकै दिन उनी जेल परे। १७ महिना जेल बसेर नरेन्द्र नेपाल फर्किए र आफूलाई फसाउनेहरुमाथि मुद्दा दायर गरे। अमेरिकाको जेलबाट छुटेर आउँदासम्म नरेन्द्रले ७५ लाख ९७ हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्। 
उनले सास्ती र यातना थुप्रै पाएको गुनासो गरे ।  तर, जिल्ला अदालत काठमाडौँले डुबेको रकम आधामात्रै बिगो भराउने फैसला गरेको छ ।  यता कानुन बसायिहरुले भने पक्राउ गरेका अभियुक्तलाई  दोषि ठहर भइ कारागार चलान गरेका ब्यक्तिले कारागार भित्रबाट पुनराबेदनमा गर्न सक्ने बताए ।

अभियुक्तलाई हाजिरी जमानतमा छाडेर प्रहरि आफै आलोचित भएको उनिहरु बताउछन । जिल्ला बार एशोसियसन दाङ का निबर्तमान अध्यक्ष अधिबक्ता प्रदिप गौतमले अदालतले फैसलाबाट कारागार चलान गरेका ब्यक्तिले हिरासतबाट पनि फैसलामा चित्त नबुझे उच्च अदालतमा जाने कानुनि प्राब्धान रहेको र अदालतबाट फैसला भएको कुरामा प्रहरिले हाजिरि जमानतमा छोड्नु भन्दा कारागार पठाउनुको उपयुक्त र कानुन सम्मत हुने बताए ।

त्यतीमात्रै होइन केहि समय अगाडि घोराही ५ धर्नाबाट आउदै गर्दा घोराही १६ सर्रा नजिकै पैदलयात्रुलाई सामान्य ठक्कर दिएपछि कांग्रेस घोराही १५ का वडा सभापती प्रकाश श्रेष्ठ९लाला० एसपि चन्दले रत्तिभर मानेनन् । कांग्रेसका जिल्लास्तरका नेताहरुले आफै जमानीमा बसेर श्रेष्ठलाई लैजान्छौ भन्दा पनि उनै एसपि खासै सकारात्मक देखिएनन्। बरु श्रेष्ठलाई थुन्न उद्धत देखिए । तर, बेलुकि पख चारैतिरको दबाबपछि तारीखमा राखेर श्रेष्ठलाई छाडे । 
अर्कोदिन तारीखमा जिल्ला प्रहरि कार्यालय दाङ पुगेका श्रेष्ठलाई प्रहरिको गाडिमा राखेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेडिकल गर्न लगेपछि हल्लाखल्ला भयो। त्यसपछि श्रेष्ठको नातेदार पर्ने एसपि जिप्रका पुगेर आफै जमानी बसेपछि फेरि पनि तारीखमा छुटे । पछि तारीखमा रहेका उनि सत्तारुढ पार्टीको शक्ति लगाई त्यो तारीखबाट उन्मुक्ति पाए ।

३ बर्ष अगाडि

प्रतिक्रिया