सेन्ट्रल फाईनान्सले बोलायो साधारण सभा, कहिले कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं- सेन्ट्रल फाईनान्स लिमिटेडले साधारण सभाको आह्वान गरेको छ । पौष २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा माघ गते शुक्रबार गर्ने भएको हो । 

सभा संस्थाको नयाँ कर्पोरेट भवन ललितपुरको कुपण्डोलमा दिनको ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित हुने छ । साथै लेखा परिक्षकको प्रतिवेदन सहित २०७६/७७ को नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गरिने छ।
 
त्यस्तै सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ७ प्रतिशत हुने रकम रु ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० पैसा बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरिने संस्थाले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया