वोमी र ग्रामिण स्वयंसेवक लघुवित्त बीच मर्जरको अन्तिम सम्झौता, शेयर कारोबार फुकुवा हुने संकेत

३ बर्ष अगाडि

काठमाडौं – वोमी लघुवित्त वित्तिय संस्था र ग्रामीण स्वयसेवक लघुवित्त वित्तिय संस्था बीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता भएको छ । आइतबार उक्त दुई लघुवित्त बीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो । 
योसँगै अब वोमी लघुवित्तको रोक्का रहेको शेयर कारोबार फुकुवा हुने संकेत देखिएको छ । कारोबार फुकुवा गर्न राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी विनियमाव ली २०७३ को विनिमय १२(६) अनुरुप सहमति भएको पनि बताइएको छ। 
अब उक्त लघुवित्तअरुले छिट्टै एकीकृत कारोबार सुरु पनि गर्ने छन् । उक्त लघुवित्तले भदौ १२ गते मर्जर सम्बन्धी सम्झौता गरेका थिए । त्यसपछि उक्त कम्पनीको शेयर कारोबार रोक्का थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया