२३४० को विन्दुमा नेप्से, ३ अर्ब माथिको कारोबार

३ बर्ष अगाडि

आज सोमबार कारोबार सुरु भएको दोस्रो घण्टा नेप्से दोहोरो अंकले बढेको छ । 

कारोबार सुरु भएको केहि समयमै उकालो यात्रा तय गरेको नेप्से दुई घण्टाको १ बजे सम्ममा २५.२४ विन्दुले उकालो लागेर २३४०.२५ को विन्दुमा पुगेको छ । 

यो नेप्सेको अहिले सम्मकै ठूलो उचाइ हो । 

त्यस्तै, यो समय सम्म आउदाँ नेप्सेमा ६४ लाख कित्ता शेयर कारोबार हुदाँ ३ अर्ब ७ करोड बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबारमा आएका कम्पनीहरु मध्य १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया