बेलायतबाट नेपाल फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भेटियो

३ बर्ष अगाडि

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भेटिएको छ । 

यस अघि बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ स्ट्रेनको भाइरस पुष्टि भएको हो। 

संक्रमितको नमुना जिन सेक्न्सिङका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हंङकङ प्रयोगशालमा पठाइएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रकारको कोरोना फेला परेको जनाएको हो । 

नयाँ प्रकारको कोभिड देखिनेमा २८ वर्षीय महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेका छन्। जसमध्ये २८ वर्षीय र ३२ वर्षीय पुरुषको पिसिआर परिरक्षण गर्दा नेगेटिभ आइसकेको छ। अर्का पुरुषमा पोजेटिभ नै रहेपनि कुनै लक्षण भने देखिएको छैन।
 

३ बर्ष अगाडि

प्रतिक्रिया