एटिएम चोरी गर्ने एक युवा पक्राउ

३ बर्ष अगाडि

काठमाडौं- एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ परेका छन् । वैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।

धानुकलाई नागार्जुन नगरपालिका २ ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेका छन् । काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्दै आएका धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया