दुई साता पछि प्रभु लाइफ अधिक्तम रेन्जमा पुग्यो, आज पनि उच्च माग

३ बर्ष अगाडि

प्रभु लाइफको शेयरमा आज पनि माग उच्च रहेको छ । 

कारोबार सुरु भएकै दिनबाट यस कम्पनीको शेयर खरिद गर्नेको चाप उच्च रहेको छ । 

आज ५ हजार ९ सय ८४ लगानिकर्ताले उक्त कम्पनीको १२ लाख ३६ हजार शेयर खरिद गर्न माग राखेका छन् । 

कम्पनीको शेयर मूल्य आज पनि ९।७३ प्रतिशतले बढेर ३२७ रुपैयाँ पुगेको छ । 

नेप्सेले प्रभु लाइफको शेयर कारोबार लागि पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८.६८ रुपैयाँ तोकेपनि नियमित शेयर कारोबार सुरु भएको दुई हप्तापछि आज मात्र कम्पनीले आज उक्त मूल्य भेट्याउन सकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया