प्रभु बैंकको सवार्धिक कारोबार हुदाँ कुल कारोबार रकम ६ अर्ब माथि, दोहोरो अंकले बढ्यो परिसूचक

३ बर्ष अगाडि

कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । 

आज कारोबारको सुरुवातबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिम समय सम्म आइपुग्ता १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै ११० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ५३ कम्पनीको शेयर मूल्य घटेको छ । 
 
आज नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सबे भन्दा धेरै प्रभु बैंकको ३३ करोड र नेपाल टेलिकमको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया