करिष्माले १० करोड बराबरको घर बेच्दै

३ बर्ष अगाडि

एजेन्सी- बलिउड अभिनेत्री करिष्मा कपुरले मुम्बईस्थित रहेको आफ्नो घर बेच्न खबर सार्वजनिक भएको छ । करिष्माले यसबारे कुनै पुष्टि भने गरेकी छैनन् । 

तर, भारतीय सञ्चार माध्यमले भने बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जनाएका छन् । 

डीएनएको खबर अनुसार करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् । करिष्माले आफ्नो घर बिक्रीका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०।११ करोड बताइएको छ । 

एक हजार ६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेच्न लागेकी हुन् । यसअघि उनले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १।३९ करोडमा बेचेकी थिइन् । 

करिष्मा बलिउडकी चर्चित अभिनेत्री करिना कपुरकी दिदी पनि हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया