कहिले बाँडफाँड हुँदैछ चन्द्रागिरी हिल्सको आईपीओ ?

३ बर्ष अगाडि

१२ लाख ५१ हजार १० जनाले किन्न चाहेको चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले आगामी शुक्रबारसम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गर्ने जनाएको हो । 

कम्पनीले पुस २४ देखि २८ गतेसम्म प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणका लागि तोकिएको छ । 

चन्द्रागिरीमा सेयर बन्न १२ लाख ५१ हजार १० जना आवेदनले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् । 

यो भनेको १७ दशमलव ५३ गुणाले बढी हो, जुन अहिलेसमम्मकै सबैभन्दा धेरे आवेदन रहेको जनाइएको छ । 

हालसम्म उपलब्ध तथ्याँकलाई आधार मान्दा चन्द्रागिरीको आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया